:: विश्व ब्यापार संगठन र नेपाल
विश्व ब्यापार संगठनसंग मेलखाने गरी पुनरावलोकन, संशोधन र नयाँ निर्माण गर्नुपर्ने कानूनहरु बनाउन पहल गर्ने।
- महाशाखा अर्न्तर्गतका शाखाहरुको कार्यक्षेत्रमा नपरेका अन्य कार्यहरु गर्ने।
- अन्तर मन्त्रालय, गैर सरकारी संस्था, नीजि क्षेत्र तथा नागरिक समाजसंग गरिने बैठक, अन्तरक्रिया तथा अन्य कार्यक्रमहरुको समन्वय गर्ने।
- अति कम विकसित राष्ट्रहरुसंग सम्बन्धित विषयहरु हेरी सो सम्बन्धी काम गर्ने।
- Integrated Framework for Trade-related Technical Assistance सम्बन्धी कार्यहरु गर्ने।
- WTO संग सम्बन्धित UNCTAD, ITC, ITU र अन्य अन्तराष्ट्रिय संस्थाहरुका कार्यहरु गर्ने।
- आफ्नो शाखासंग सम्बन्धित क्षेत्रमा हुने अध्ययन-अनुसन्धानलाई प्रोत्साहित गरी आफ्नो कार्यक्षेत्रमा अग्रीम रुपमा सक्रिय ९एचयबअतष्खभ० रहने।
- संयुक्त राष्ट्रसंघका लागि नेपाल अधिराज्पको स्थायी नियोग, जेनेभासंग शाखा सम्बन्धित कार्यहरुको समन्वय गर्ने।
- विश्व ब्यापार संगठन सम्बन्धी अन्तरक्रिया तथा जनचेतना कार्यक्रममा दक्षको रुपमा भाग लिन।
- कानून, न्याय तथा संसदीय ब्यवस्था मन्त्रालय र अन्य सरकारी तथा गैर सरकारी निकायहरुसंग सम्बन्धित कानून निर्माणका विषयहरुमा समन्वय गर्ने।
- विश्व ब्यापार संगठनको ''विबाद समाधान अङ्ग'' (Dispute Settlement Body) मा भएका काम कारवाहीहरुको अध्यावधिक अध्ययन गर्ने।
- विश्व ब्यापार संगठनका क्रियाकलाप कार्यन्वयन सम्बन्धमा परेका विवादलाई समाधान गर्ने सम्पुर्ण् प्रक्रिया अवलम्बन गर्ने।
महाशाखा अर्न्तर्गतका अन्य शाखाहरुले जिम्मेवारी पाए बमोजिम बनाउनु पर्ने कानूनहरु निर्माणमा सहयोग पुर्याउने।