योजना तथा अन्तर्राष्ट्रय व्यापार सहयोग महाशाखा (WTO महाशाखा)

व्यक्तिगत विवरण

चन्द्रकुमार घिमिरे  

योजना तथा अन्तर्राष्ट्रय व्यापार सहयोग महाशाखा प्रमुखले गर्नुपर्ने कार्यहरु 

  • विश्व व्यापार संगठनसंग सम्वन्धित सबै कार्यहरु गर्ने गराउने।
  • विश्व व्यापार संगठनसंग सम्वन्धित भएका World Intellectual Property Organization (WIPO), United Nations Conference on Trade and Development (UNCTAD), International Trade Centre (ITC), International Telecommunication Union (ITU) र अन्य अन्तरराष्ट्रिय संस्थाहरुसँग सम्बन्धित कार्यहरु गर्ने गराउने।
  • वस्तु व्यापार, सेवा व्यापार, बौद्धिक सम्पति सम्वन्धी बिषयहरु, विश्व व्यापार संगठनका प्रावधानहरुसंग मेल खाने गरी बनाउनु पर्ने कानूनहरु र विवाद समाधान सम्वन्धी बिषयहरुका कार्यहरु गर्ने गराउने।
  • विश्व व्यापार संगठनसंग सम्वन्धित अन्तर-मन्त्रालय, गैर-सरकारी संस्था, निजी क्षेत्र तथा नागरिक समाजसंग गरिने वैंठक, अन्तरक्रिया तथा अन्य कार्यक्रमहरु गर्ने गराउने।
  • महाशाखा अन्तर्गतका कर्मचारीहरुको प्रशासन र अन्य दैनिक प्रशासनिक कामहरु गर्ने गराउने।
  • संयुक्त राष्ट्र संघका लागि नेपाल राज्यभरको स्थायी नियोग, जेनेभासंग शाखा सम्वन्धित कार्यहरुको समन्वय गर्ने गराउने।
  • विश्व व्यापार संगठन सम्वन्धी अन्तरक्रिया तथा जनचेतना कार्यक्रममा दक्षको रुपमा भाग लिने, लिन लगाउने।
  • विश्व व्यापार संगठनको सदस्यता लिने क्रममा जनाइएको प्रतिवद्धतानुसारका कानूनहरुलाई कार्यतालिका अनुसार पुनरावलोकन गरी संशोधन गर्ने तथा नभएका कानूनहरुको नयाँ निर्माण गर्ने गराउने।
  • विश्व व्यापार संगठनसंग सम्वन्धित कार्यहरुका अध्ययन गरी महाशाखासंग सम्वन्धित कार्यहरु सम्पादन गर्ने, गराउने।
  • समष्टिगत र मन्त्रालय सम्बन्धी क्षेत्रगत विकास नीति तथा कार्यक्रमको आवधिक र वार्षिक नीति कार्यक्रम तर्जुमा गरी पेश गर्न अन्तर्गत विभाग/संस्थान/समिति/आयोजना आदिलाई निर्देशन दिने।
  • मातहत निकायबाट वार्षिक योजना, कार्यक्रम एवं बजेटको पूर्वानुमान सम्बन्धी विवरण संकलन गरी मूल्याङ्कन छानविन गर्ने, आवश्यकता अनुसार गोष्ठी, छलफल गरी गर्राई एकिकृत वार्षिक कार्यक्रम तयार गर्ने।
  • राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयसंग सम्बन्ध र समन्वय गरी वार्षिक कार्यक्रम तयार गरी स्वीकृत गराउने।
  • मन्त्रालयसंग सम्बन्धित योजना, नीति तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयनमा सहयोग तथा अनुगमन गर्ने।
  • प्राविधिक सहायता तथा वैदेशिक सहयोगका कार्यक्रम सम्बन्धी विषय हेर्ने।
  • तत्काल कार्ययोजना, MTEF तर्जुमा/ तालिम, कार्यसम्पादन सूचकहरुको तर्जुमा तथा कार्यान्वयन सम्बन्धी विषय।
  • वार्षिक कार्यक्रम तथा पत्रिका प्रकाशन गर्ने, गराउने।
  • मन्त्रालयले तोकेका अन्य कामहरु गर्ने गराउने।