प्रशासन, संस्थान तथा आपूर्ति व्यवस्थापन महाशाखा प्रमुखले गर्नुपर्ने कार्यहरु
मानव संशाधन विकास -HRD_ सम्वन्धी कार्यहरु सम्पन्न गर्ने।
देशभित्र एवं बाहिर संचालन गरिने अध्ययन, तालीम, अध्ययन भ्रमण, सभा सम्मेलन, गोष्ठी आदिमा सहभागिता गराउन मनोनयन गर्ने।
आन्तरिक प्रशासन सम्वन्धी कार्यहरु सम्पन्न गर्ने।
मन्त्रालयमा प्राप्त हुने आर्थिक प्रशासनसंग सम्वन्धित सरकारी नीति एवं आर्थिक अनुशासनसंग सम्वन्धित निर्देशनहरु कार्यान्वयन गर्ने तथा कार्यान्वयनमा सहयोग गर्ने एवं अन्तर्गत निकायहरुमा परिपत्र गर्ने र अभिलेख राख्ने।
आर्थिक प्रशासन सम्वन्धी कार्य गर्नुका साथै बिषयमा मन्त्रालय तथा अन्तर्गत निकायहरुमा आवश्यकता अनुसार प्रतिनिधित्व गर्ने।
अत्यावश्यक वस्तुहरुको नियमित आपूर्तिको अनुगमन गर्ने, गराउने।
मन्त्रालय अन्तर्गतका सरकारी स्वामित्वका संस्थान, समिति, प्रतिष्ठान तथा कम्पनीहरुको कार्य संचालन सम्वन्धमा नियमित अनुगमनको व्यवस्था गरी आवश्यकतानुसार निर्देशन दिने।
आपूर्ति गर्नुपर्ने तोकिएका अत्यावश्यक वस्तुहरुको उत्पादन लागत, बजार मूल्य साथै आयातित वस्तुहरुको समेत मूल्य विश्लेषण गर्न निर्देशन दिने।
विभिन्न क्षेत्रमा रहेको अत्यावश्यक वस्तुहरुको मौज्दात विवरण संकलन गरी अद्यावधिक राख्न निर्देशन दिने।
उपभोक्ता हित संरक्षण सम्वन्धी कार्य गर्ने।
राष्ट्रिय नीति अनुरुप खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको सञ्चय भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिने।
अत्यावश्यक वस्तुको निरन्तर आपूर्ति गर्ने सिलसिलामा वितरण, सञ्चय तथा ढुवानी प्रणाली वारे जानकारी लिई सुपथ तथा सर्वसुलभ आपूर्तिको आवश्यक व्यवस्था मिलाउन निर्देशन दिने।
आपूर्तिसंग सम्वन्धित संस्थानहरुको तालुक मन्त्रालयवाट हुनुपर्ने सम्पूर्ण कार्यहरु गर्ने